
बारा प्रस्टोकाकी १८ बर्षीय किशोरी बिन्दु ठाकुरलाइ जलाएर मारेको पुष्टि भएको खबर नेपाली मिडियाहरुले प्रकाशित गरिरहेका छन् |
कलैया जिल्ला अस्पतालले दिएको पोष्टमार्टमको रिपोर्टमा बिन्दुको आगोले जलेर र निसास्सिएर मृत्यु भएको उल्लेख गरिएको छ |
प्रहरीले घरपरिवारकै मिलेमतोमा हत्या भएको हुन सक्ने शंका गर्दै बिन्दुका बुवा रामा ठाकुरलाइ नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ |
बिन्दुको हत्यामा प्रमाण मेटिने गरि धेरै चलाखी गरिएको प्रहरी बताउछ | परिवारले बिन्दु बिहान ट्युसन गएको बताएको थियो भने बिन्दुले जाडोमा लगाउने लुगा पनि लगाएकी थिइनन |
उनि ट्युसन गएको बताइए पनि उनले किताब कपि पनि नलगेको भन्दै हत्या चलाखीपूर्ण तबरले भएको र हत्यामा परिवारकै मिलेमतो हुन सक्ने प्रहरीको दाबि रहेको छ |
फेरी जिउदै जलाई मारियो अर्की युबतिलाई (With Video)
0 comments:
Post a Comment