आधि विहे सकेपछि वेहुलाले वेहुली अस्विकार गरेपछि

By
Advertisement
फिल्ममा पनि प्रायः देख्न नपाइने दृश्य देखियो, राजधानमिा आज ।

सोमवार राजधानीमा एक वेहुलाले बेहुली वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि विहे नगर्ने भनिदिएका छन ।

वालुवाटारका अनिल चौलागाई विवाह समारोह चलिरहेको वेलामा अकस्मात बिहे गर्दिन भन्दै उठेपछि जन्ती सबै अलमलमा परे भने बेहुली पक्षका आफन्त आक्रोशित भए ।


धादिङ घर भई बालाजु बस्दै आएकी खनाल थरकी बेहुलीसँग बिहे गर्न जग्गेमा वसेका चौलागाई एक्कासी उठेर विहे गर्दिन भन्दा निम्तालुहरु अक्क न वक्क भएका थिए ।

गलामा लगाएको माला र टोपी फुकाल्दै बेहुला अनिलले संचारकर्मी संग आफ्नो बिहे जर्बरजस्ती हुन लागेकोले आफुले बिहे अस्वीकार गरेको बताएका थिए ।

अनिलले भने ‘म आज विवाह गर्दिन, मलाई समय दिनु भन्दापनि पछि लगन छैन भनेर बिहान सिंगारेर विवाह गर्न ल्याए, मलाई मेरो घर परिवार र आफन्तले जवर्जस्ती गरे ।
केही दिनदेखि विवाहको कुरा चलिरहेको थियो । हिजो पनि यही विषयलाई लिएर घरमा झगडा नै भएको थियो ।'

बिहे अस्वीकार गरेपछि रिसाएका बेहुलीका आफन्तले भने क्षतिपूर्ति स्वरूप बेहुलाको आधा सम्पत्ति माग गरेका छन् ।

बिहे अस्विकार गर्नुको कारण बारे बेहुलीका आफन्तले सोध्दा अनिलले आफ्नो अरु कुनै केटि संग लभ पनि नपरेको बताएका थिए ।




भिडियो : अनलाइन खबर

0 comments:

Post a Comment