श्रीमानले लगाए श्रीमतीको गुप्तांगमा आगो

By
Advertisement
भारि बोकेर र ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका दैलेख, नारायण नगरपालिका- ६ नमुना बस्तीका कमारो सार्कीलाई प्रहरीले श्रीमतीलाइ आगो लगाएको आरोपमा पक्राउ गरेका छन् |

कमारो सार्की ले हिजो राति आफ्नै श्रीमती चावली सार्कीको गुप्तांगमा आगो झोसिदिएका थिए | चावलिलाई छिमेकीले उद्दार गरि अस्पताल पुर्याएका थिए |


उनको अहिले दैलेख जिल्ला अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ | डाक्टरले दाया तिघ्राको माथिल्लो १० % भाग आगोले जलेको बताएका छन् | अहिले उनलाई शितल गराउने र दुखाई कम गर्ने अनि रगतमा संक्रमण हुन नदिन एन्टिबायोटिक अनि इन्जेक्सन दिइएको डाक्टर बताउछन |

दैलेख बजारमा मजदुरी गर्ने कमारो सार्की आइसी नामले चिनिन्छन | कमारोलाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा प्रहरी समक्ष कमारोले आफुले श्रीमतीलाई नजलाएको बताउदै "सामान्य झगडा प्राय: हुने गरे पनि चुल्हो नजिक बसेकी उनको शरीरतिर अगुल्टो उछ्टिएको बताएका थिए" नागरिक समाचारमा उल्लेख छ | प्रहरीका अनुसार श्रीमान श्रीमती दुबैले मादक पदार्थ गरेका थिए |

चावलिले भने खाना पकाएर पर्खेर बसेको र बिनाकारण आगोको मुस्लो झोसिदिएको बताउदै छिमेकी नआएको भए त्यहि जलेर खरानी हुने बताइन |

छिमेकीले भने सहबास गर्न नमानेको कमरोले अगुल्टो झोसेको अनुमान गरेका छन् |एक छिमेकीले योनिको वरिपरिको भाग मात्र जलेको हुनाले सुनियोजित रुपमै योनि जलाउने प्रयास गरेको हुन सक्ने बताए |

0 comments:

Post a Comment