वाइम्याक्स इन्टरनेट लिमिटेड मात्र (Volume Based)

By
Advertisement

काठमाडौँ, ४ मङ्सिर । नेपाल टेलिकमले ‘वाइम्याक्स’ प्रविधिमार्फत काठमाडौँ उपत्यकामा इन्टरनेट वितरण गर्ने भएको छ ।

उपत्यकाका ग्रामीण क्षेत्रलाई लक्षित गरेर टेलिकमले तारबिहीन द्रुत गतिको इन्टरनेट उपलब्ध गराउने प्रविधि ‘वाइम्याक्स’ मार्फत इन्टरनेट सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन लागिएको हो ।

मङ्सिर १ गतेदेखि ‘वाइम्याक्स’ वितरण सुरु गरेको टेलिकमले हिजोसम्ममा छवटा कम्पनीलाई सो सेवा वितरण गरेको कम्पनीका सहप्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।


चाडपर्वका कारण र नयाँ प्रविधि भएकाले यसमा ग्राहकमा जानकारी हुन नसकेको उल्लेख गर्दै चाँडै अभियानका रूपमा यस प्रविधिमार्फत सेवा उपलब्ध गराउने उहाँको भनाइ छ ।

कम्पनीले दिएको जानकारीअनुसार कर्पोरेट ग्राहकका लागि ५० प्रतिशतको प्रवद्र्धनात्मक सुविधासहित पहिलो चरणमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराएको छ । यो सेवा बुटवलमा पनि चाँडै सुरु हुनेछ ।

सहप्रवक्ता जोशीका अनुसार कम्पनीले कति गतिमा कति आयतनको इन्टरनेट लिने भन्ने विषयले लाग्ने शुल्क निर्धारण गर्छ ।

दुईसय ५६ केविपिएस गतिको पाँच जिवी आयतनको सेवा लिनका लागि रु ६५० तिर्नुपर्छ भने सोही गतिको ३० जिवीको आयतन लिएमा रु २५०० तिर्नुपर्छ ।

त्यसैगरी एक एमबिपिएसको गतिमा १२ जिवी आयतनको सेवा लिएमा रु १३४० तिर्नुपर्छ भने सोही गतिमा ६० जिवी लिएमा रु ५१९० तिर्नुपर्छ । रासस

0 comments:

Post a Comment