
पक्राउ पर्नेमा भरतपुर नगरपालिका–१० का १९ वर्षीय अङ्कत गुरुङ, १९ वर्षीय आशिष उप्रेती र गैँडाकोटका सरोज बराललाई सिसिटिभीमा देखिएको तस्बिरका आधारमा पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।
मदिरा पिएर मात्तिएका उनीहरुले तिहारका बेला विभिन्न स्थानमा गरी नौवटा सवारीमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले भरतपुरका रोमन श्रेष्ठ, रेशमप्रसाद रेग्मी, नारायण लामिछाने, भुवन नेपाली, जयराम श्रेष्ठ, पवनकुमार पिया र हर्क क्षेत्रीले पार्किङ गरी राखेका नौवटा सवारीसाधन तोडफोड गरेका थिए ।
पक्राउपछि उनीहरुलाई अनावश्यक कानुनी कारबाही सुरु गरिएको पौडेलले जानकारी दिनुभयो । उनीहरुले तत्कालीन समयमा प्रयोग गरेको सरोज बरालको ना१९प ७७३४ नम्बरको मोटरसाइल पनि पक्राउ गरेको उहाँले बताउनुभयो । रासस
0 comments:
Post a Comment