
झापाको मेचीनगरमा गएराति आगलागी हुँदा रु २९ लाख मूल्य बराबरको क्षति भएको छ ।
मेचीनगर–११ गैरी गाउँ बस्ने ६२ वर्षीय ज्ञानवती सरदारको घरबाट विद्युत् सर्ट भइ आगो फैलिँदा सोही ठाउँ बस्ने देवेन्द्र पौडेल, मोहम्मद सामसद आलमसहितको तीनवटा घर पूर्ण रुपमा जलेका छन् ।
आगलागीबाट रु १९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट घरभित्रको अन्नपात, लत्ताकपडा, नगद, सुनचाँदी र चौपाया जलेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी र मेचीनगर नगरपालिकाबाट आएको दमकलले राति २ः३० आगो नियन्त्रणमा लिएका थिए ।
त्यसैगरी मेचीनगर–१० स्थित गणेश दाहालको आफ्नै घरमा रहेको विद्युत् मिटरबक्सबाट गएराति एक्कासी आगो लाग्दा १० रु लाख बराबरको क्षति भएको छ । राति १ बजे मेचीनगर नगरपालिकाको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
रासस <
0 comments:
Post a Comment