
मानिसको इच्छा चाहना पनि अचम्म अचम्मका हुन्छन् | चीनमा ८४ बर्षीय एक व्यक्तिले आफ्नो लिंग परिवर्तन गरि पुरुष बाट महिला बन्न चाहेका छन् |
स्रोतका अनुसार गुआंगडोंग प्रांतका क्वि आन जिनफानले आफ्नो यस्तो इच्छा चार वर्ष अघि नै प्रकट गरेका थिए | महिलाको पोसाक लगाउन सुरु गरेका उनि आफ्नो स्तन बढाउनको लागि हार्मोन लिइ राखेका छन् |
उनले आफ्नो नाम पनि बदलि यिलिंग( महिलाको नाम ) राखेका छन् | उनले तिन वर्षको उमेर देखि नै महिला बन्ने चाह भए पनि ८० बर्ष सम्म कसैलाई पनि नभनेको बताए |
अरुले के सोच्लान भन्ने डरले लुकाए पनि उनले इच्छा व्यक्त गर्ने बित्तिकै सबैले उनको सम्मान गरेपछि उनको यो इच्छा पुरा हुने भएको छ |
महिलाको कपडा लगाउने, महिला सौचालय प्रयोग गर्ने गर्दै अहिले उनि महिलाको जस्तै जिबन व्यतित गर्दै छन् | उनको श्रीमतीलाई पनि उनको यस्तो व्यवहार प्रति कुनै नराम्रो नलागेको मिडियाहरुले लेखेका छन् |
0 comments:
Post a Comment