
काठमाडौँ, २७ कात्तिक । तिहार एवम् छठमा पटाका र भुइँचम्पा जस्ता वस्तुको प्रयोग नगर्न विभिन्न सङ्घसंस्थाले आग्रह गरेका छन् ।
तिहार एवम् छठको नाममा मानवीय वा अन्य कुनै पनि असर नपरोस् र पर्व शान्तिपूर्ण होस् भन्नाका लागि सङ्घसंस्थाले आतीसबाजीलगायत अति प्रज्वलनशील र विष्फोटकजन्य वस्तुको प्रयोग नगर्न आग्रह गरेका हुन् ।
शान्तिका लागि साझा अभियान (कोक्याप) ले विज्ञप्ति जारी गरी पटका वा भुइँचम्पा जस्ता वस्तु उत्पादन, आयात, ओसारपसार, सञ्चय, बिक्रीवितरण तथा प्रयोग गर्नेजस्ता कार्य नगर्न सबैसँग आग्रह गरेको छ ।
“तिहारको अवसरमा खेलिने देउसीभैलोलाई मर्यादित एवम् व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्छ” नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, “कुनै पनि पर्वको बहानामा जुवातास खेल्ने र खेलाउनुहुँदैन ।”
यसैगरी एकता फाउन्डेसन, जागरण मिडिया सेन्टर र समता फाउन्डेसनलगायतले छुट्टाछुट्टै विज्ञप्ति जारी आफ्ना बालबच्चालाई आतसबाजी, भुइँचम्पा, पटाका जस्ता पदार्थको प्रयोग गर्न नदिन अभिभावकसँग आग्रह गरेका छन् । रासस
0 comments:
Post a Comment