
सोमबार बाच्छी जन्मेको हल्ला सुन्ना साथ हेर्नेसँगै पूजा गरेर ढोग्नेको पनि भिड लागेको छ । स्थानीयवासीले गाईले साँच्चिकै लक्ष्मीकै जन्म दिएको भन्दै पैसा चढाएर पूजा गर्न थालेका छन् ।
गाईले दुइटा टाउको भएको बाच्छा जन्मिएको होहल्ला चल्नासाथ सो टोलबाहेक इटहरी बजारबाट समेत मानिसको जाने क्रम सुरु भएको छ ।
इटहरी– ९ भुर्की टोल निवासी जयनारायण आचार्यको गोठमा पालिएको गाईले पहिलो बेतमा नै दुईटाउके बाच्छी जन्माएको हो । दुई टाउको भएको बाच्छी जन्मिँदाखेरि गाईलाई निक्कै सकस परेपछि तत्काल पशु प्राविधिकको सहयोगमा बाछीलाई जन्माउने काम भएको किसान आचार्यले बताउनुभयो ।
लामो समयदेखि व्यावसायिक पशुपालनमा संलग्न आचार्यले यस प्रकारको बाच्छा जन्मिएको पहिलोपल्ट थाहा पाएको उल्लेख गर्नुभयो । गाई ब्याउन कठिन भएपछि गोठमा बोलाइएका पशु प्राविधिक सन्तोष श्रेष्ठले पेटमा बच्चा विकास हुने क्रममा कोष विभाजित हुँदा यस्तो घटना हुने बताउनुभयो । “कतिपय अवस्थामा दुई वटा बाछा जन्मन सक्ने भए पनि यस प्रकारको दुईवटा टाउको भएको बाछा जन्मिएको भने मैले पनि पहिलोपल्ट देखेको हुँ ” प्राविधिक श्रेष्ठले भत्रुभयो ।
व्यावसायिक पशुपालन गर्दै आउनुभएका आचार्यको गोठमा अहिले पनि आठ गाई र १३ उत्रत जातका भैँसी छन् । सोमबार ब्याएको गाईको स्वास्थ्य अवस्था भने ठीक रहेको तर बाछी भने अस्वस्थ भएको बताइएको छ । रासस
0 comments:
Post a Comment