राष्ट्रपति रामवरण यादवले ७ दिन भित्र सहमति गरेर सरकार गठन गर्न दलहरुलाई आग्राह गरेका छन् |
अन्तरिम संविधानको धारा ३८(१)लाइ आधार लिएर राष्ट्रपतिले सहमतिको सरकार गठन गर्नको लागि मंसि १४ गते सम्मको समय सिमा तोकेका छन् |
प्रधानमन्त्रीले मङ्सिर ७ गतेको लागि संविधानसभा निर्वाचनको नया मिति तोकेपनि निर्वाचन गर्न/ गराउन असफल भएपछि राष्ट्रपतिले सहमतिको सरकार गठन को लागि आह्वान गरेका हुन् |
राष्ट्रपति कार्यालयबाट सहमतीय सरकार गठनका लागि आह्वन गरेको पत्र राष्ट्रपति कार्यालयले संसद सचिवालय र सरकारलाईपठाइसकेको बताएको छ | उक्त पत्रमा मंसिर १४ गतेभित्र दलहरुलाई सहमतीय सरकार गठन गर्न राष्ट्रपतिले समय तोकेका जानकारी दिइएको बताइएको छ |
तस्बिर: माइसंसार
0 comments:
Post a Comment