बाबुले यसरि मार्यो आफ्नै छोरी

By
Advertisement

नुवाकोट, ८ मङ्सिर । नुवाकोट जिल्लाको कुमरी गाउँ विकास समिति वडा नं ६ काफलचौरमा गएराति बाबुले छोरीको हत्या गरेका छन् ।

अट्ठाइस महिनाकी छोरी अस्मिता तामाङलाई कुटपिट गरी बाबु पूर्णबहादुर तामाङले घरको माथिल्लो तलाबाट आँगनमा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मादकपदार्थ सेवन गरी घर गएका पूर्णबहादुरले छोरी र श्रीमतीलाई कुटपिट गर्न थालेपछि श्रीमती ठूलीकान्छी तामाङ हारगुहार माग्न बाहिर निस्किएको समयमा छोरीलाई घरको माथिल्लो तलाबाट फालेको प्रहरीले जनाएको छ ।

अस्मिताको घटनास्थलमै मृत्यु भएको थियो । अभियुक्त पूर्णबहादुर फरार रहेको बताइएको छ । रासस

0 comments:

Post a Comment