चाउचाउ, चकलेट खान नपाउने नियम

By
Advertisement
नेपाल सरकारले चाउचाउ, कुर्कुरे, चिजबल, दालमोठ जस्ता कुराहरु खाजाको रुपमा प्रयोग गर्न नदिनको लागि नियम बनाउन तयारी गरेको छ |

चाउचाउ, कुर्कुरे, चिजबल, दालमोठ, चकलेट जस्ता जंक फुड ले विद्यार्थीको स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै सरकारले यस्ता जंक फुडहरु विद्यार्थीको खाजामा प्रयोग हुन नदिन नया निर्देशिका तयार गर्न लागेको हो |

आउदो शैक्षिक सत्र देखि नेपाल भरका बिद्यालयमा यस्ता जंक फुडहरु खाजाको रुपमा लिएर जान पाइने छैन भने स्कुल को क्यान्टिनमा पनि यस्ता खाजा बेच्न पाइने छैन | एक सरकारी अनुसन्धानमा जंक फुड ले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर गरेको पुष्टि भएपछि सरकारले यो कदम चल्न लागेको हो |

आउदो शैक्षिक सत्र देखि बिद्यालयमा विद्यार्थीले घरमै तयार गरिएको खाजा ( जंक फुड) बाहेक का खाजा ल्याउन पाउने छन् भने क्यान्टिनमा पनि जंक फुड बाहेकका खाजा मात्र तयार गर्न पाइने छ |

बन्न लागेको नया निर्देशिका अनुसार विद्यालयले क्यान्टिनमा खाजा र खानाको दैनिक 'मेनु' राख्नु पर्ने र अभिभावकलाई पनि खाजाको सुची वितरण गर्नु पर्ने भएको छ |

होस्टेलमा बस्ने बिध्यार्थी हरुलाई बिहान १ घण्टा शारीरिक व्यायाम, योगा गराउनु पर्ने र बेलुका १ घण्टा समाचार, पत्रपत्रिका पढ्ने तथ टेलिभिजन हेर्नुका साथै अन्य पुस्तक पढ्ने र खेल्ने समय निर्धारण गर्नु पर्ने हुन्छ |

स्कुलको क्यान्टिनमा अनि होस्टेलमा बिद्यार्थीलाई खुवाउने खानाको गुणस्तर पनि महिनाको एक पटक परिक्षण हुने छ भने कम्तिमा महिनाको एक पटक चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने छ |

0 comments:

Post a Comment