
तपस्वी आउने खबर र वनले बस्न नदिने भएपछि तनावको स्थिति देखेर शुक्रबार बिदा गएका प्रहरी उपरीक्षक दानसिंह बोहरा जहाजबाट शनिबार फर्के ।
'तपस्वी आउने र गृह तथा वनले जंगलमा बस्न नदिन कडा आदेश गरेपछि फर्केर आएँ,' प्रहरी उपरीक्षक बोहराले भने । ठूलो क्षेत्रफल (एक हजार हेक्टर) मा राष्ट्रिय वन गैरकानुनी तरिकाले कब्जा गरेर वषौर्ंदेखि बसेका तपस्वी बम्जन ३ महिनाअघि सिन्धुलीको जंगलमा बसी पुनः यहाँ आउन खोजेपछि उनलाई बस्न नदिने भनेर वन कार्यालयले निषेधाज्ञाको सूचना जारी गरेपछि सुरक्षा निकाय दिनभर 'हाइ एलर्ट' मा छ ।
उनलाई हलखोरिया जंगलमा पस्न नदिन सशस्त्र, नेपाल प्रहरी र वन रक्षक टोली ठूलो संख्यामा परिचालित भई निजगढ, पसाहा, रतनपुरी, तामागढीलगायत ठाउँमा उच्च सतर्कताकामा थिए ।
वन कब्जा गरेर बसेका तपस्वीलाई यहाँको जंगलबाट हटाउन स्थानीय प्रहरी प्रशासन र वन कार्यालय कडाइका साथ प्रस्तुत भएपछि तपस्वी बम्जन सिन्धुलीमा धार्मिक कार्यक्रमलाई सम्बोधन गर्ने भन्दै यहाँबाट पलायन भएका थिए ।
-कान्तिपुर अनलाइन
0 comments:
Post a Comment