
एप्पलले आफ्नो इतिहास मा नै पहिलो पल्ट २४ घण्टा मा नै यति धेरै अर्डर आएको दाबि गरेको छ |अत्यधिक अर्डर आएपछि सेप्टेम्बर २१ मा दिने भनिएको आइफोन पछि अर्डर गर्ने ग्राहकहरुलाई अक्टोबरमा मात्र दिइने भएको कम्पनीले जनाएको छ |
एप्पलले आफ्नो इतिहास मा नै अहिले सम्म कै सबै भन्दा राम्रो फोन उत्पादन गरेकोले पनि यसरि अर्डर बढी हुन गएको हुन सक्छ | एप्पलले आइफोन-५ मा अहिले सम्मकै आइफोनमा भन्दै ठुलो स्क्रिन राखेको छ भने आइ ओएस-६ राखेको छ |
यसमा भएका अतिनै राम्रो सुविधाहरुको कारणले पनि यसको यत्ति धेरै माग भएको हो | यद्यपी नेपाल मा भने आइफोन ५ चल्दैन, आइफोन -५ निक्कै भन्दा हलुका फोन हो |
यसमा नानो सिम लाग्छ | नेपालमा सामान्य सिमहरु मात्र मोबाइल कम्पनीहरुले बिक्रि गर्ने गर्दछन | यस अघिका आइफोन हरुमा भने माइक्रो सिम लाग्ने गर्दथ्यो |आइफोन ४ एस सम्म चलाउनेहरुले सामान्य सिमलाइ काटेर माइक्रो सिम बनाएर चलाउने गर्दथे |
तर नानो सिम बनाउन कम्पनीले बाहेक मिल्दैन | सामान्य सिम काटेर नानो बनाउन मिल्दैन | धेरै अर्डर आयो भने एन टि सी ले भने नानो सिम दिने बताएको छ |
एप्पलले १ वर्ष भित्र ५ करोड ८० लाख भन्दा बढी सेट बिक्रि गर्ने विश्लेषकहरुको अनुमान छ |
0 comments:
Post a Comment