आइपोड किन्न मृगौला (Kidney) बेच्दा

By
Advertisement
मानिस मात्र एस्तो प्राणी हो जो संग बिबेक छ र धेरै इच्छा र चाहना ब्यक्त गर्दछ | कहिले काही मान्छे आफ्नो एक इच्छा पुरा गर्न आफ्नो अंग नै बेच्न पनि तयार हुने गर्दछ | हामीले सुन्दै आएका छौँ  , नेपाली फ्लिम हरुमा देख्दै आएका पनि छौँ , कुनै प्रेमीले आफ्नो प्रेमिकालाई बचाउनलाई आफ्नो रगत बेचेको हुन्छ |

तर यहाँ एक चिनिया युवकले आफ्नो मृगौला (Kidney) बेचे, तर कसैको ज्यान बचाउन होइन, आफ्नो आइपोडमा गीत सुन्ने सपना साकार पार्न |   आइपोडमा गीत सुन्नको लागि आइपोड किन्ने पैसा आफु संग नहुदा १७ बर्षिया उक्त केटाले आफ्नो मृगौला (Kidney) २२००० युआनमा बेचेको छ |

इन्टरनेटमा एक दलालले २२००० युआन दिने भनेर हुनान प्रांतमा बोलाएको थियो र उक्त केटाको दायाँ   मृगौला (Kidney) त्यहाको  एक अस्पतालमा निकालियो | एउटा मृगौला भए पनि केहि हुन्न भने विचार गरेर उक्त केटाले मृगौला (Kidney) बेचेको थियो तर  बिरामी पर्दै गएपछि  उसले सबै बास्तबिकता घर परिवारलाइ बताउन बाध्य भयो | हाल यो घटना बारे पुलिसले अनुसन्धान सुरु  गरेको छ |

0 comments:

Post a Comment