
बलिउडको पहिलो सुपरस्टार राजेश खन्नाको मृत्युको तिन हप्तापछि उनको परिवारले उनको र अनिता आडवाणीको सम्बन्धको बारेमा मुख खोलेका छन् |
परिवारका तर्फबाट भनिएको छ कि अनिता आडवाणी कहिले पनि राजेश खन्नकि प्रेमिका थिइनन् न त लिव-इन पार्टनर नै थिइन् । यस कारण खन्नाको सम्पतिमा अनिताको कुनै पनि हकदाबी हुन सक्दैन |
अनिताले दाबी गरेकी थिइन् कि उनि लामो समयसम्म राजेश खन्नाको लिव इन पार्टनर तथा प्रेमिका थिइन् ।यसै नाताले उनले खन्न परिवारलाई एक कानुनी सूचना पनि पठाएकी थिइन् ।
यसै सूचना मार्फत उनले आफुलाई 'आशीर्वाद' (राजेश खन्नाको बंगला) बाट ननिकालियोस भन्ने आग्रह पनि गरेकी थिइन् ।
राजेश खान्नाकी छोरी ट्विंकल खन्नाको वकील भैरू चौधरीको तर्फबाट सुचनाको जवाफ पठाईएको छ। चार पेजको जवाफमा भनिएको छ कि अनीता आडवाणीको राजेश खन्नाको सम्पतिप्रती कुनै कानुनी अधिकार हुदैन ।
0 comments:
Post a Comment