
सरकारले यस अघि गर्भवती महिलाको स्वास्थ्य चेकअप निशुल्क गर्नुका साथै आइरन क्याल्सियम चक्की निशुल्क उपलब्ध गराउदै आएको थियो भने सुत्केरी सेवा पनि निशुल्क प्रदान गर्ने व्यवस्था गराएको थियो |
यसरि गर्भवती र सुत्केरी महिलालाई आबस्यक पर्ने रगतको सरकारले नै व्यवस्था गर्ने भएपछि शल्यक्रिया गर्नु पर्दा रगत नपाउने समस्याबाट केहि हद सम्म राहत पुग्ने देखिन्छ |
सरकारले १ बिरामी महिलाको लागि २ हजार मिलिलिटर सम्म रगत निशुल्क उपलब्ध गराउने छ | एक बिरामीको शल्यक्रिया गर्दा सामान्यतया १/२ पोका रगतको आबस्यकता पर्दछ | १ पोकामा ३ सय मिलिलिटर रगत हुने गर्दछ |
यो निर्णय यसै वर्ष देखि लागु हुने भए पनि देशका दुर्गमका २६ जिल्लामा मात्र लागु गरिने भएको छ |
रगतका लागि सरकारले सरकारी स्वास्थ्य प्रयोगशाला (पब्लिक हेल्थ ल्याबोरेटरी) मार्फत रेडक्रस सोसाइटीसँग सहकार्य गरि आबस्यक रगत उपलब्ध गराउन २० लाख रुपैया बजेटको समेत व्यवस्था गर्ने भएको छ |
0 comments:
Post a Comment