
नेपाल बन्द हाम्रो देशमा एउटा सास्कृतिक परम्परा झैँ भएको छ | सानो कुराको बिरोध गर्नु परे पनि बन्द नै गर्ने चलन नै चलेको छ |
प्राय सबैले आफ्नो स्वार्थको लागि नै नेपाल बन्द गर्ने गरेका छन् | केहि दिन अघि देखि प्रधानमन्त्रिको राजिनामा माग्दै युवासंघले बिहान ६ बजे देखि १० बजे सम्मको दैनिक ४ घन्टे बन्द गरेको थियो |
यो बन्दले पनि धेरै असर परेको थियो | प्रधानमन्त्रिको राजीनामाको यो बन्द पछि आज शुक्रबार देखि यातायात ब्यबसायीले फेरी अनिश्चितकालिन सार्बजनिक यातायात बन्दको घोषणा गरेका छन् |
यातायात ब्यबसायेको यो बन्दले सर्बसधारणले हैरानी बेहोर्नु परेको छ | स्कुल र कलेजका बिद्यार्थीहरु हिडेर स्कुल जान बाध्य भएका छन् भने सार्बजनिक यातायात प्रयोग गरि अफिस जानेहरु पनि हिडेर नै अफिस जान बाध्य भएका छन् |
सरकारका केहि निर्णयहरुले यातायात ब्यबसायीहरु मर्कामा परेको भन्दै बन्दको घोषणा गर्नुपरेको यातायात ब्यबसायी बताउछन् |
0 comments:
Post a Comment