काठमाडौंको सिटी सेन्टर भएको आगलागी नियन्त्रणमा

By
Advertisement
करिब डेड घण्टामा सिटी सेन्टरमा लागेको आगो नियन्त्रणमा आएको छ | दिउसो १ बजेतिर आगो लागेको थियो | के कारणले आगो लागेको भन्ने यकिन साथ भन्न नसकिए पनि जेनेरेटर तातेर आगो लागेको हुन सक्ने कार्यकारी निर्देशक राजकुमारको भनाइ छ |

राजधानीको सिटी सेन्टरमा आज आगलागी भएको छ | कमलपोखरी स्थित सिटी सेन्टरको बेसमेन्टमा राखिएको जेनेरेटरबाट आगो लागेको त्यहाका सुरक्षाकर्मीले बताएका छन् |


अन्डरग्राउन्डमा पार्किंग भए पनि अहिले सम्म खासै क्षति भएको बिबरण आएको छैन | आगो निभाउनको लागि चार वटा दमकल परिचालन गरिएको छ |
दमकल पुगेर आगो निभाउने प्रयास भैरहेको छ |

सिटी सेन्टरमा धुवाको मुस्लो देख्न सकिन्छ भने भित्र रहेका मानिसहरु बाहिरिदै छन् |

. यस भवनमा बिग सिनेमाका तिन हल सहित आधुनिक ब्यापारिक कम्प्लेक्स अनि बहु राष्ट्रिय कम्पनीका शोरूमहरु पनि छन् |


0 comments:

Post a Comment