पेट्रोलबाट नचल्ने भए पनि ३०० कि मि गुड्छ यो कार

By
Advertisement
गूगलले बिना ड्राइभर गुड्ने कार ल्यायो | केहि समय अघि मात्र पाकिस्तानी इन्जिनियरले पानी बाट कार र मोटर साइकल चल्ने बनाएर देखाए | इन्धन बचाउन र खपत कम गर्नको लागि दिनहु नया नया खोज र अनुसन्धान भइरहेका छन् |

यसरि सबारी साधनको लागि निक्कै नै नया नया खोजि गर्ने क्रम जारी छ |
यस्तै क्रममा जनरल मोटर्स कम्पनीले यस्तो कार निर्माण गर्दै छ जसको ब्याट्री एक पटक पूर्ण रुपमा चार्ज गरेपछि कार २०० माइल अर्थात् ३२० किलोमिटर चल्छ | यस भन्दा अघि ब्याट्री बाट चल्ने कारको ब्याट्री धेरै समय नटिक्ने हुनाले लामो दुरीको यात्राको लागि अनुपयुक्त थियो |

एक ब्याट्री निर्माता कम्पनि संग जनरल मोटर्स मिलेर यस्तो ब्याट्री तयार गर्दैचन कि फुल चार्ज भएमा २०० भन्दा बढी किलोमिटर सम्म चलाउन सकिन्छ | एक पटक फुल चार्ज गरेपछि यति लामो दुरी सम्म चल्ने यो नै पहिलो कार हुने छ | अहिले सम्म ब्याट्री बाट चल्ने कार यत्तिको लामो दुरी चल्ने बनेकै छैनन् |

तर कम्पनीले यो कार तत्कालै बजारमा नआउने जनाएको छ | कम्पनीका सी इ यो भन्छन " हामी यो प्रोजेक्टमा काम गर्दै छौ कम्तिमा पनि २-३ बर्ष त लाग्छ नै "

0 comments:

Post a Comment