दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ नगराउन प्रधानमन्त्रीको पहल

By
Advertisement

यो वर्ष दिनमा 12 घण्टा भन्दा बढी लोडसेडिङ नहुने भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले आज बुधबार बिहान बोलाउनु भएको बैठकमा उर्जा मन्त्रालय र विद्युत प्राधिकरणका अधिकारीले बिजुली भारत बाट किनेर र अन्य विकल्पहरु अपनाएर भए पनि लोडसेडिङ दैनिक १२ घण्टा भन्दा बढी हुन नदिने बताएका छन् |

भदौमै बढ्यो लोडसेडिङ्ग, यस्तो छ नया तालिका

प्राधिकरणले हिउदमा दैनिक १९ घण्टा सम्म हुने भन्ने कुरा सार्बजनिक गरिसकेको छ | प्रधानमन्त्रीद्वारा अहिले चलिरहेका आयोजनाहरुलाई चाडो सक्न र भारतबाट आयात गरेरै भए पनि लोडसेडिङ कम गर्न निर्देश दिएका हुन् |

तर भर्खरै मात्र भारतले बिद्युत कटौती गरेकोले भन्दै प्राधिकरणले लोडसेडिङ दैनिक ७ घण्टाको दरले लोडसेडिङ गर्न सुरु गरेको छ |

आजको बैठक अनुसार उर्जा मन्त्रालयले लगभग २०० मेगावट भारतबाट आयात गर्ने जनाएको छ | हाल नेपालमा झन्डै ५ समय मेगावट मात्र आपूर्ति भएको छ जबकी माग भने झन्डै एक हजार मेगावट रहेको छ |

आजको बैठकमा प्रधानमन्त्रीले अर्थमन्त्रालयलाई विद्युत आयोजनालाई बजेटको व्यवस्था गर्न निर्देशन दिनु भएको छ |


0 comments:

Post a Comment