अमिताभ फेसबुकमा आएर मच्चाए तहल्का, आधा घण्टा मै ८ लाख फ्यान

By
Advertisement
`हिन्दी सिनेमा हेर्नेहरु साहेद अमिताभ बच्चनलाइ नचिन्ने कोहि नहोलान | बिग बि मानिने अमिताभ बच्चन ट्विटर पछि फेसबुकमा पनि आएका छन् |

यो भन्दा अघि उनले ट्विटर चलाउने गर्दथे | ट्विटरमा ३३ लाख भन्दा बढी फ्यान भएका अमिताभले अहिले सम्म १५२०० ट्वीट गरेका छन् |



ट्विटर पछि फेसबुकमा आएका उनले आधा घण्टा मै ८ लाख भन्दा बढी फ्यान बटुले | अमिताभले मंगलबार ट्वीट गरेर आफु फेसबुकमा आएको जानकारी दिएका थिए |

फेसबुक मा आउने बित्तिकै उनले एक भिडियो पोस्ट गरेका छन् उक्त भिडियोमा उनले आफु फेसबूकमा आएको जनाउदै डिजिटल दुनियाको प्रगति अविश्वसनीय भएको बताएका छन् |

हरेक दिन ब्लग लेख्ने ट्वीट गर्ने अमिताभको बारेमा अब फेसबुकबाट अझ धेरै जानकारी मिल्नेछ | उनि के मन पराउछन उनको विचार के कस्तो छ | उनि कहाँ कहाँ जादै छन् भन्ने जस्ता कुराहरु अब फेसबुकबाट थाहा पाउन सकिन्छ |

0 comments:

Post a Comment