असान्ज सुपुर्दगी बिपक्षमा इक्वेडर, एनोनिमस द्वारा बेलायती सरकारी साइटमा आक्रमण

By
Advertisement
विकीलीक्स संस्थापक जूलियन असान्जलाई बेलायतले स्विडेनमा सुपुर्दगि गर्ने भएपछि असाञ्ज इक्वेडरको दूतावासमा कुटनीतिक शरणार्थीका शरण लिन पुगेका थिए ।

असान्जलाई शरण दिए लगत्तै इक्वेडरको चर्को बिरोध भएको थियो | यहि बिषयलाई लिएर इक्वेडर र बेलायत बिचको सम्बन्धमा चिसोपन आएको छ |



बेलायतले इक्वेडरको दूतावासमा छापा मारेर भए असान्जलाई स्वीडेन सुपुर्दगी गर्ने बताएपछि इक्वेडरका राष्ट्रपति राफिल कोरेराले बेलायतले छापा नमार्ने भए मात्र बेलायतसँग असान्जको बारेमा छलफल गर्न सकिने बताएका छन् |

४१ बर्षीय यी ह्याकरले विकिलिक्स मार्फत अमेरिकी धेरै गोइप्या सामग्री प्रकाशमा ल्याएको थिए जुन त्यस बेला निक्कै ठुलो चर्चाको बिषय भएको थियो र अझै पनि चर्चाको बिषय रहेको छ |

स्वीडेनमा दुई महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएर उनलाई बेलायत सरकारले स्विडेन सुपुर्दगी गरें तयारी गरिरहेको छ |

उता बेलायतको यो कदम प्रति असहमति जनाउदै ह्याकरहरुको समुह एनोनिमसले बेलायतका १० सरकारी वेब साइट ह्याक गरिदिएको छ | आइतबार नै टि साइटहरु ह्याक गरिएको भए पनि मंगलबार देखि पुन संचालमा आएका छन् |

असंजलाई बचाउन यो समूह ले निक्कै नै मेहनत गरेको छ | यो भन्दा अघि पनि असान्जका बैंक एकाउन्ट, क्रेडिट कार्ड र पे-पाल बन्द गर्दा एनोनिमसले ती कम्पनीका साइट नै अत्यधिक ट्राफिक पठाई २-३ दिन सम्म बन्द हुने गरि आक्रमण गरेको थियो |

0 comments:

Post a Comment