बिज्ञापनबाट पुनरागमन गर्दै ऐश्वर्या

By
Advertisement

पुर्व मिस वर्ल्ड एवम् बलिउड नायिका ऐश्वर्या राय बच्चनका फ्यानहरुका निमित्त शुभखबर छ । केहिसमय अघि ऐश्वर्याको मोटो ज्यान र नमिलेको फिगर देखेर दिक्क हुनुभएको थियो र उनको फिल्ममा पुनरागमन हुने सम्भावना कम भएको ठान्नु भएको थियो? यदि त्यसो हो भने अब त्यो गलत साबित भएको छ |

हजुर अन्तत: छोरी आराधनाको जन्म भएको केहि समयपछि ऐश्वर्याले एक बिज्ञापनमार्फत बलिउडमा पुनरागमन गरेकी छन् । हालैका दिनमा ऐश्वर्याले एक Jewellery Brand का लागि फोटो शूट गराएकी छिन | उनले यस विज्ञापनकै लागि आफ्नो तौल पनि घटाएकी छिन ।

उनको मुहार पनि पहिले भन्दा निखार आउनुका साथै चमक पनि थपिएको छ र उनि बहुतै सुन्दर देखिएकी थिइन् । याद रहोस् छोरीको जन्मपछी उनले शूट गरेको यो नै पहिलो बिज्ञापन हो ।

छोरीको जन्म भएपछी ऐश्वर्या लगभग गुमनाम जस्तै भएकी थिइन् र उनले कुनै पनि बिज्ञापन वा चलचित्रको शूटिंग गरेकी छैनन् । ऐश्वर्या संग बिज्ञापन शूट गर्ने, श्रीकुमारका अनुसार यो नै उनको ऐश्वर्या संगको पहिलो शूट हो ।

उनले अगाडी बताएका छन् कि उनको जोशले मलाई धेरै इम्प्रेस पर्यो र पानीभित्रका केहि शटहरु खुब इन्ट्रेस्टिंग पनि रहे। विज्ञापनको शूटिंग मेरो लागि यादगार अनुभव रह्यो।

हालै केहि समयपहिले खबर आएको थियो कि ऐश्वर्या हलिउड चलचित्रका मार्फत पुनरागमन गर्दै छिन ।

0 comments:

Post a Comment