डिनमा सायमी, के सि ले अनसन तोडेपछि चिकित्सकहरुको आन्दोलन फिर्ता

By
Advertisement

वरिष्ठता आधारमा मात्र डिन बन्न पाउनु पर्ने र शिक्षण अस्पतालमा राजनीतिक हस्ताक्षेप भएको भन्दै ६ दिन देखि आमरण अनसनमा बसेका के सी को स्वास्थ्य ज्यादै गम्भीर भएपछि मात्र आज प्रकाश सायमीलाई नियुक्त गरिएको छ |


सायमीले नियुक्ति पत्र बुझे पछि अस्पतालमा उपचार गर्न पुगेका विरामीको हात बाट जुस खाए र अनसन तोडियो |


त्रिबीका उपकुलपति हीराबहादुर महर्जनले एकलौटी निर्णय गरि वरिष्ठता
आधारमा डिन नियुक्ति नगरी धर्मकान्त बास्कोटालाई तीन महिनाका लागि निमित्त डीन बनाएका थिए |

सायमी डिन हुने बित्तिकै चिकित्‍सक संघले गरेको आन्दोलन स्थगित भएको छ र सम्पूर्ण स्वास्थ्य सस्थामा उपचार सुरु भइ सकेको छ |

तस्बिर: कान्तिपुर

0 comments:

Post a Comment