न्यु योर्कको एम्पायर स्टेट भवनको अगाडी एक बन्दुकधारीले चलाएको गोलि लागि २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् |अन्धाधुन्ध गोलि चलाएको सूचना पाउने बित्तिकै बिहान सवा नौ बजे नै एम्पायर स्टेट भवनलाइ प्रहरीले घेरेको थियो | परहरी देख्ने बित्तिकै बन्दुक धारीले पर्हरी माथि नै गोलि चलाउने थालेको थियो |
प्रहरीले चलाएको गोलि लागि उक्त बन्दुकधारीको पनि मृत्यु भएको छ |बन्दुक धारी ५८ बर्षीय जेफरी जोनसन भएको प्रहरीले जनाएको छ |

0 comments:
Post a Comment