
जे जस्तो भए पनि इन्टरनेट चलाउनेहरु प्राय सबैको दिनचर्या नै बनि सकेको छ | केहि समय अघि सम्म याहूको च्याटको लागि धेरै मानिशहरु इन्टरनेट चलाउथे तर हिजो आज Facebook चलाउन को लागि इन्टरनेट को प्रयाग गर्ने गर्दछन |
जति सुबिधा र तिनका फाइदा छन् त्यति नै तिनका बेफाइदा पनि हुन्छन् | यस्तो अभिन्न अंग जस्तै बनेको Facebook लाइ पनि सुरक्षित राख्न निक्कै गाह्रो हुदै आइरहेको छ |
दिनहु धेरै Facebook Account Hack (ह्याक) हुने गरेका छन् | अस्लिल सामग्रीहरु पोस्ट गरि अरुलाई tag गरिदिने क्रम बढेर पनि प्रयोग कर्ताहरुले हैरानी बेहोर्नु परेको छ |
यी सबै बाट बच्ने के उपाए त ??
FACEBOOK ले यी बाट बच्न सेकुरेटी सेटिंग त उपलब्ध गराएको छ तर सबैलाई यो बारेमा थाहा नहुदा धेरै ले समस्या भोगिरहेका छन् |
१. नचिनेको साथीहरुको request स्वीकार नगर्ने |
कुनै कुनै व्यक्तिहरुको अरुलाइ दुख दिने बानि हुन्छ | त्यसैले उनीहरुले नक्कली एकाउन्ट बनाइ जथाभाबी पोस्ट गर्ने
अरुलाई ट्याग गर्ने गर्दछन | त्यसैले आफुले चिनेको लाइ मात्र एड गर्ने गरौँ |
२. जुन पायो त्यहि request Accept नगर्ने |
केहि महिना अघि देखि Facebook Account Verification Needed भन्दै एक request आउने गरेको छ | प्राय: सबैको एकाउन्टमा आएको यो Request वास्तबिक थिएन | यो Fake (झुटो) थियो | फेशबुकमा भएको प्रयोगकर्ताको विवरण संकलन गर्ने ( Data चोर्ने ) किसिमले यसको प्रयोग भैरहेको थियो | तपाई हामी मध्ये धेरैले यो Request लाइ Accept गरेका छौं | वास्तबमा Facebook ले यस्तो कुनै Request पठाउदैन |
३. विज्ञापनमा दिइएका सबै कुरा साचो हुन्नन कतिपय बिज्ञापन मा क्लिक गर्दा पनि भाइरस लाग्न सक्छ |
४ कतिपय पटक आफ्नै साथीको नाममा अस्लिल भिडियोहरु पोस्ट भएका हुन्छन् | देखा यी भिडियो साथीहरुले नै पोस्ट गरे जस्तो देखिए पनि वास्तबमा यो पनि भाइरस हुनसक्छ | एक पटक यस्तो भाइरसले धेरै नै दुख दिएको थियो | सेलिब्रेटी तथा गन्य मान्यजनको अस्लिल भिडियो सार्बजनिक भयो हेर्नुस भन्दै साथीको नामबाट आफ्नो वालमा पोस्ट भएको भिडियो मा तपाइले क्लिक गर्नु भयो भने तपाइको सबै साथीको वाल मा पनि तपाइको नाम बटा बिभिन्न भिडियोहरु तथा अस्लिल सामाग्रीहरु पोस्ट हुन जान्छ र आफुलाई लाजमर्दो बनाउछ | त्यसैले त्यस्ता भिडियोमा सके सम्म क्लिक्क नगर्नु राम्रो हुन्छ |
५ फलानो साथीले यो एप्लिकेशन प्रयोग गरेको छ | तपाइको प्रोफाइल कति पटक कसले हेर्यो, कसले Facebook मा तपाइँलाई ब्लक गरेको छ हेर्न यहाँ क्लिक गर्नुहोस भन्ने संदेश लिएर बिभिन्न खाले पोस्टहरु Facebook मा देख्न सक्नु हुन्छ | वास्तबमा यो Facebook बाट जारी होइन यिनीहरु भनेका भाइरस हुन | Facebook ले हाल सम्म यस्तो सुबिधा दिएको छैन |
६ कम्प्युटरमा राख्नु भएको एन्टीभाइरस सधै अपडेट गर्नुहोस | यदि एन्टी भाइरस राख्नु भएको छैन भने तुरुन्त राख्नुहोस |
७ जथाभाबी ट्याग बाट कसरि छुटकारा पाउने त ?
कसैले ट्याग गरेको फोटो तपाइको अनुमति बिना आफ्नो वाल मा पोस्ट गर्न नमिल्ने बनाउन मिल्छ | Facebook ले यो सुबिधा दिएको छ | त्यसको लागि Home भन्दा साइड मा रहेको logout गर्ने ठाउमा जाने मा Log out भन्दा केहि माथि रहेको privacy मा जानुहोस :- Privacy>Settings>Timeline and Tagging>Edit मा गएर Review posts friends tag you before they appear in your timeline लाइ On गर्नुहोस ।र यस्तै गरि Review tags friends add to your own posts in Facebookगएर यसलाई पनि On गर्नुहोस ।
अब जसले पनि तपाईलाई ट्याग गरे पनि तपाइको अनुमति बिना त्यो वाल मा पोस्ट हुन सक्दैन ट्याग देखा पर्न सक्दैन |र Notification मा पलानोले ट्याग गरेको छ भन्ने संदेश आएर बसेको हुन्छ | तपाइले चेक गरेर Approve वा decline गर्न सक्नु हुन्छ |
See on Next Technology Post : Be secure using 2nd step Verification
0 comments:
Post a Comment