
भारतीय टेलिभिजन स्टार प्लसबाट प्रसारण भैरहेको कार्यक्रम सत्यमेव जयते मा अमिर खानाले यो खुलासा गरेका हुन | आईआईटी कानपुर का रिसर्च बैज्ञानिक रश्मि सांघीले सो कुरा उक्त शो मा बताएकी हुन |
उनले आमाको दुधको स्याम्पल लिएर परिक्षण गर्दा इंडोसल्फान रसायन पाइएको थियो जुन हामी अन्न बालीमा तथा तरकारीमा लाग्ने किराहरु मार्न प्रयोग गर्ने गर्दछौ |
हामीले खाने अन्न तथा फलफुल, तरकारीमा समेत यस्तो बिषाधिको प्रयोग दिनहु बढ्दै गैरहेको छ | हिजो आज छिटो अनि धेरै उत्पादन गर्नको लागि भनेर विभिन्न किसिमका रासायनिक किटनासक औषधिको प्रयोग बढ्दै गैरहेको छ |
भारतमा मात्र होइन नेपाल मा झन बढी मात्रामा किटनाशक औषधिको प्रयोग बढ्दै गएको छ | केहि समय अघि उखेल्दै उखेल्दै बारीको मुला खाएर दुई आमा छोरीको निधन पनि भएको थियो | किटनासक औषधि प्रयोग गरेको कम्तिमा पनि एक महिना पछि मात्र उक्त तरकारी प्रयोग गर्न सकिने हुन्छ |
केहि नेपाली मिडियाले पनि यो कुरालाइ धेरै अगाडी नै प्रकासमा ल्याएका थिए | काठमाडौँमा सबै भन्दा बढी तरकारी आपूर्ति गर्ने जिल्ला काभ्रेमा बिषादी हालिएको भन्दै बन्दाको बाहिरी पात हरु गाइ बस्तुलाइ खान दिएमा मर्छन भन्दै खाल्डोमा पुर्ने गरेको पाइएको थियो |
यस्तो गम्भीर समाचार बाहिर आए पछि पनि नेपाल सरकारले बिषादीको प्रयोग रोक्न कुनै कदम चालेको देखिएको छैन |
हेरौ सत्यमेब जयते मार्फत अमिर खानले कुन कुन कुरा उठाएका छन् र सहभागीले कस्तो उत्तर दिएका छन्