बन्द खोज्दै नेपाली

By
Advertisement
हिजो आज नेपालीहरुको दिनचर्यामा निक्कै फरक आएको छ | बिहान उठ्ने बितिक्कै चिया नास्ता खाएर काम मा जाने वा आफ्ना नानीहरुलाई स्कुल पठाउने तयारी गर्न छाडेर कुनै अर्कै कुराको खोजीमा देखिन्छन नेपाली | 

अचम्मै भएको छ, नेपाल मा बन्द को सिलसिला जारि छ | कोहि नेपाललाई पृथ्वी नारायण शाहले एकीकरण गर्नु भन्दा अघिको जस्तै बनाउन चाहन्छन त कोहि अखण्ड नेपाल हेर्न चाहन्छन यी दुइ बीच कुरा नमिले विभिन्न जात जाति संगठन धर्म सम्प्रदायका मानिसहरुले हिजो आज यीनै विभिन्न बहानामा नेपाल बन्द उपत्यका बन्द गर्ने गरेका छन् |
-
कहिले कुन समुहले बन्द गर्छन पत्तो पाउन गाह्रो हुन्न | बिहान गाडीहरु सबै चलेको हुन्छ ८-९ बजे तिर बाट बन्द सुरु हुन्छ | अनि स्कुल गएका आफ्ना नानीहरु कसरि फर्केलान भन्ने चिन्ता हुन्छ बाबु आमालाई, बिहान काम मा गएका व्यक्तिहरु कसरि फर्कने भनि चिन्तित हुन परेको छ |

त्यसैले हिजो आज एउटा नया दिनचर्या भनेको छ सबै नेपालीको, बिहान उठ्ने बित्तिकै बन्दको खोजि गर्ने, आज कहाँ कहाँ बन्द छ पत्ता लगाउने | यो काम सारै गाह्रो छ | पत्रपत्रिकाले बन्दलाइ सपोर्ट गरेको जस्तो हुन्छ भन्दै बन्द हुने कुरा छाप्दैनन | इन्टरनेटमा भएको एउटा website nepalbandh.com ले पनि सधै सबै बन्दको खबर राखेको हुन्न |

facebook, twitter हरुमा पनि बन्दको हल्ला फिजिएका हुन्छन तर कसले र किन बन्द गर्दै छ भन्ने कुरा प्राय लेखेका हुन्नन् | अनि बन्दको खोजि गर्दै धेरै समय जान्छ | र हतार हतार आफ्नो काम मा जान को लागि तयारी गर्नु पर्छ |

जे होस् एउटा कुरा चाहि राम्रो भएको छ पहिला पक्कि सडक थिएन, गाडी थिएन हिडेर जानु पर्थ्यो जति टाढा भए पनि तर अहिले सबै छ र पनि बन्दको कारणले हिडेरै जानु पर्छ | एउटा हिड्ने बानि भने नेपालीलाई राम्रो बस्ने भो ल |

बिहान उठ्ने बित्तिक्कै बन्दको खोजि गर्ने र हिडेर काम मा जाने १घण्टा लागोस वा २ घण्टा |
जय बन्द !

0 comments:

Post a Comment