आन्दोलनकारिको आक्रमणबाट घाइते हुनु भएका हाम्रा सहकर्मी तथा आर्थिक अभियानका फोटो पत्रकार अशोक दुलाल बि एण्ड बि अस्पतालमा उपचार गर्दै | दलित तथा जनजातिको हक र अधिकारको लागि आवाज उठाउने उनीहरुको लागि बोलिदिने मिडिया नै हुन् तर मिडियाले उनीहरुको अधिकार स्थापित गर्नको लागि खेलेको महत्वपुर्ण भूमिकालाई बिर्सेर एक्कासी आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आहृवान गरेको नेपाल बन्दको क्रममा मिडियामाथि आक्रमण गरे |
कुनै पनि बन्दमा पत्रकार माथि यस्तो आक्रमण भएको थिएन | शाही शासन को बिरुद्धमा डटेर समाचार लेखेर लोकतन्त्र स्थापित गर्न महत्वपुर्ण भूमिका खेलेका पत्रकार माथि नै आक्रमणको तारो बने |
कान्तिपुर टिभी र पत्रिकाको सबारी साधन तोडफोड गरे, कान्तिपुरको वितरण मा पनि अबरोध गरे | कारोबार दैनिकको सबारी साधन तोडफोड गरे | आर्थिक अभियानका फोटो पत्रकार अशोक दुलाल माथि आक्रमण गरे |
ग्वार्कोमा बन्दको भिडियो खिच्न अबरोध गरे भने एबीसी टिभिको गाडी पनि तोडफोड गरे | त्यस्तै ग्वार्को न्यूज २४ का पत्रकार रामशुभक महतो र केशव निरौला माथि हातपात गरि क्यामेरा खोसे |
कान्तिपुर, इमेज, एभिन्यूज, हिमालयन टिभीको सवारी साधनमा पनि तोडफोड गरि समाचार संकलन मा अवरोध सिर्जना गरे
त्यस्तै उपत्यका बाहिर र उपत्यका भित्र पनि पत्रकारको क्यामरा खोस्ने, पत्रकार माथि आक्रमण गर्ने कार्य गरे |
सरकार र प्रहरी प्रसाशन मुखदर्शक
यत्तिको हमला हुदा पनि सरकारले कुनै सुरक्षाको लागि निर्देशन दिएन गृहमन्त्रीले केहि बोलेनन भने प्रधान मन्त्रीले बक्तब्य निकाले प्रहरीलाई शुरक्षा कडा गर्नु भनियो तर अवस्था उस्तै रह्यो |

0 comments:
Post a Comment