घात निकै चल्दो रै'छ, तिम्रो सहरमा !
इमान सबै जल्दो रै'छ, तिम्रो सहरमा !!
निमुखाको दिन अझै, आइसकेको छैन !
धनले चुलो बल्दो रै'छ, तिम्रो सहरमा !!
टन्न खान पाइन्छ भन्थे, गणतन्त्र आए !
भोकै मान्छे ढल्दो रै'छ, तिम्रो सहरमा !!
किन युवा विदेशिन्छन्, बल्ल थाहा पाएँ !
जोश जाँगर गल्दो रै'छ, तिम्रो सहरमा !!
पशुपति, स्वयम्भूनाथ, मन्दिर धेरै तर !
देउताले नि छल्दो रै'छ, तिम्रो सहरमा !!
Link: in-your-City
0 comments:
Post a Comment