
चीनको उत्तरपूर्वी सहर सिजियाङमा आइफोन् चार्ज गर्दै गर्दा फोन आएपछि उठाउदा आइफोनबाट करेन्ट लागि २३ वर्षिया मा आइलुयिन मृत्यु भएको बताइएको छ ।
आइलुयिनको आउदो अगस्त ८ मा हुने हुने कुरा पक्का भइ सकेको थियो ।
एप्पलले आइलियनको मृत्युप्रति दुःख प्रकट गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ भने यस घटनाको बारेमा सूक्ष्म रुपमा छानबिन गर्ने बताएको छ ।
आइलुयिनकि दिदीले चिनिया सामाजिक संजालमा स्ट्याटस लेख्दै चिनिया साउर्दन एयरलाइन्सकी एयरहोस्टेज आफ्नी बहिनि को मृत्यु भएको पुष्टिगरेकी थिइन् ।
उनले लेखेकी छिन "मलाई आशा छ, एप्पलले हामीलाई यसको कारण खुलाउनेछ। मलाई यो पनि आशा छ मोबाइल चार्ज गरिरहँदा तपाइँहरुले कुराकानी गर्नुहुने छैन ।"
आइलुयिन गत डिसेम्बरमा आइफोन ५ किनेकी थिइन, आइलुयिनले आइफोन चार्ज गर्न एप्पलले आफों किन्दा दिएको ओरिजिनल चार्जर नै प्रयोग गरेको समाचारमा जनाइएको छ ।
मानिसहरुले यो घटना पछि चिनमा आइफोनको बिक्रि धेरै नै घट्ने आशंका गरेका छन् ।
तर मोबाइलको चार्जर बाट निस्कने भोल्ट नै धेरै कम अर्थात् ३ देखि ५ भोल्ट सम्म हुने भएकोले यसले मानिसलाइ कुनै असर नगर्ने समाचार संस्था सिन्ह्वाको सोमबारको रिपोर्टमा जनाइएको छ ।

विवाह निश्चित भइसकेका युवकसँग आइलियन ।
भिडियो
link: iPhone-5-owner-dies-after-suffering-electric-shock-from-handset