Health is the level of functional or metabolic efficiency of a living being. In humans, it is the general condition of a person's mind, body and spirit, usually meaning to be free from illness, injury or pain (as in “good health” or “healthy”.

* घर बाहिर बाट आएपछि होस् या कुनै बाहिरी बस्तुलाई छोएपछि होस्, खान बनाउनु अघि वा शौचालय गएपछि राम्रो संग साबुन पानीले हात धुनु पर्दछ |
* घर को सरसफाई मा बिशेष ध्यान दिनु पर्दछ | भान्छा कोठा (Kitchen ) को सफाई राम्रो संग गर्नु पर्दछ |
* शौचालयमा र घर वरिपरी पानी जम्न दिनु हुन्न | शौचालय राम्रो संग नियमित रुपमा सफा गर्नु पर्दछ |
* खानेकुरा हरुलाई खुल्ला राख्नु हुदैन | खाना बनाउने तथा खाना खान को लागि प्रयोग गरिने भाडा, फ्रीज चुल्हो सधै सफा राख्नु पर्दछ | पकाउने तथा पिउने पानी सफा सुद्ध हुनु पर्दछ |
* सागसब्जी तथा फलफुल ताजा मात्र प्रयोग गर्नु पर्दछ, मसला तथा अन्य खानको लागि प्रयोग गरिने कुराहरुको Expiry Date याद गर्नु पर्दछ | Expiry Date नाघिसके पछी त्यो खानको लागि योग्य नहुने हुदा त्यसलाई फाल्नु नै राम्रो हुन्छ |
* धेरै चिल्लो, पिरो, तथा मसलादार खानको प्रयोग नगर्नु राम्रो हुन्छ | तरकारी पकाउदा धेरै समय सम्म पकाउनु हुन्न | धेरै पाक्दा सब्जीमा भएको भिटामिन तथा पौष्टिक तत्वहरु नस्ट हुन्छन | साग सब्जी तथा फलफुल राम्रो संग पखाल्नु पर्दछ |
* सके सम्म खाना ताजा नै खानु पर्दछ | बासी खाना खाने गर्नु हुन्न | बिशेष गरि जाडो महिनामा खाना बिग्रदैन भनेर बासी राख्ने गरिन्छ | फ्रीज मा धेरै समय सम्म राखिएको खाना पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ |
*मिठो छ भन्दैमा धेरै खाने गर्नु हुदैन | सम्भव भएमा रातिको खाना ८ बजे भित्रमा खाई सक्नु राम्रो हुन्छ |
* आफु बस्ने तथा सुत्ने कोठा सफा हावा राम्रो आवत जावत गर्ने खालको हुनु पर्दछ |
*सकिन्छ भने बिहान ५ बजे उठ्ने बनि गर्नु पर्दछ त उठेर कुनै पनि ब्यायाम गर्न सक्नु हुन्छ | व्यायाम वा योग तथा ध्यान (Meditation) गर्नाले मन एकाग्र हुन्छ र शारीरिक तथा मानशिक रुपले स्वस्थ रहन सकिन्छ |
* धेरै सुत्ने वा कम सुत्ने गर्नु हुदैन कम्तिमा पानी ६-८ घण्टा सुत्ने गर्नु पर्छ |