नायीका निशाले पाइन् गाइडको प्रमाणपत्र (हेर्नुहोस प्रमाणपत्र )

By
Advertisement
नायीका निशा अधिकारीलाई सरकारले गाइड को प्रमाण पत्र दिएको छ ।

नायीका निशालाइ सरकारले गाइडको भूमिका निर्बाह गरि सगरमाथाको सफल पर्बतारोहण गरेको भन्दै प्रमाण पत्र दिएको हो ।

प्रमाणप्रत्रमा पाल्पा जन्मथलो भएकी निशाले सेभेन समिट चाईनीज एभरेष्ट एक्सपीडिशन २०१३ स्प्रिङ नामक पर्वतारोहण दलको गाईडको हैसियतमा सगरमाथा चढेको लेखिएको छ ।

नेपाल सरकार अर्न्तगतको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नायीका निशा अधिकारी संगै नायक अर्जुन कार्कीलाई पनि सगरमाथाको सफल आरोहणको प्रमाणपत्र प्रदान गरेको छ ।

नायक अर्जुन कार्कीको दुवै खुट्टाको औला काटिएकोले उनको उपचारको लागि नेपाल चलचित्र बिकास बोर्डले २ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको फिल्मिखबर ले जनाएको छ ।

सगरमाथाको सफल आरोहण पश्चात नायीका निशा अहिले नवल खड्काले निर्माण गर्दै गरेको चलचित्र भीमदत्त मा एक अनुसन्धान कर्ताको भूमिकामा अभिनय गर्दै छिन ।