
ठुलो आन्द्रामा घाउ देखिएपछि उपचारको लागि आइतबार जापान लगिने कुरा भए पनि विभिन्न प्रक्रियाको कारण सम्भव नभएकोले आइतबार लगिएन ।
हाल शितल निवासमै चिकित्सकको रेखदेखमा रहनु भएका राष्ट्रपति यादबलाइ सबै प्रक्रिया पुरा भएपछि सोमबार जापान लगिने भएको छ । सबै कागजी प्रक्रिया पुरा भैसकेकोले सोमबार दिउसो थाइ एयरबाट जापान लगिने शीतलनिवास स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपति यादबसंग ६ देखी ८ जना सम्मको टोलि जापान जाने सरकारी स्रोतले बताएको छ । आइतबार बसेको सिहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने निर्णय गरेको छ ।
टोलीमा राष्ट्रपति यादवका छोरा चन्द्रमोहन (उनि रेडियोलोजिस्ट हुन् ), छोरी अनिता, निजी डाक्टर यादव भट्ट र सुरक्षा निम्ति नेपाली सेनाबाट तीनदेखि पाँचजना रहने छन्।
राष्ट्रपतिलाई दुइ महिना देखि पखाला चलिरहे पनि जांच गर्दा केहि देखिएको थिएन तर शुक्रबार टिचिङ अस्पतालमा एमआरआई गर्दा ठूलो आन्द्रामा गिर्खोजस्तो देखिएकोले टिचिङले धापासीको ग्रायन्डी अस्पताल रिफर गरेको थियो।
अत्याधुनिक मानिएको ग्रायन्डीको सिटीस्क्यानमा आन्द्राको भित्री तहसम्म देख्न सकिने भएकोले राष्ट्रपतिलाई त्यहाँ रिफर गरिएको स्रोतले बतायो । रास्ट्रपतिले देशमै उपचार गराउन चाहेको भए पनि ग्रायन्डी अस्पतालमा सिटिस्क्यान गर्दा पनि आन्द्रामा कालो दाग देखिएपछी थप उपचारको लागि बाहिरै लानुपर्ने राय डाक्टरहरुको देखियो।
स्मरण रहोस यसअघि आँखामा समस्या देखिंदा पनि राष्ट्रपतिले वीर अस्पतालमै जचाएका थिए। तर यसपटक भने गम्भीर किसिमको समस्या देखिएकोले विदेश नै जना डाक्टरहरुले पनि सल्लाह दिएका हुन्। स्रोतको दावी छ।
डाक्टरहरुलगायत राष्ट्रपतिपुत्र तथा रेडियोलोजिस्ट चन्द्रमोहनले राष्ट्रपतिलाई क्यान्सरको सुरुवाती अवस्था भएको पनि हुन सक्ने शंका गरेका छन्। बायोप्सी (घाउ भएको ठाउँको मासु निकालेर प्रयोगशाला परीक्षण)गरेपछि मात्रै यसबारे निर्क्यौल हुनेभएकाले राष्ट्रपतिको बायोप्सी गर्नुपर्ने भएको छ। हुन त नेपालमै पनि बायोप्सी हुन्छ तर डाक्टरहरुले अमेरिका वा जापान लान सल्लाह दिए ।
जसअनुसार जापानमा राम्रो उपचार हुने निर्क्यौल निस्केपछि शितल निवाससहित राष्ट्रपति पनि जापान जाने मनस्थितिमा पुगेका हुन्। जसका निमित्त भिआइपी वा राजनीतिज्ञलाई बाहिर लग्न स्वास्थ्य मन्त्रालय अन्तर्गतको मेडिकल बोर्डले अनुमति दिनुपर्ने प्रावधान अनुरुप टिचिंगले राष्ट्रपतिलाई जापान लान स्वीकृति प्रदान गरिसकेको छ ।
Link: president-to-be-flown-abroad-on-monday-for-treatment
0 comments:
Post a Comment