जियाको सुसाइट नोट फेला

By
Advertisement
पंखामा झुण्डिएर मृत अबस्थामा फेला परेकी वलिउड नायीका जिया खानको परिवारले जिया खानले मर्नु अघि लेखेको सुसाइड नोट फेला परेको छ .


६ पन्ना लामो उक्त नोटमा आत्महत्याको कारण आफ्नो प्रेम सम्वन्धमा आएको बिचलन भनेर जियाले लेखेकि भारतीय संचार माध्यमले जनाएका छन् .

अंग्रेजी भाषामा लेखिएको उक्त सुसाइड नोट परिवारका सदस्यले भेटेपछि प्रहरीलाई बुझाएका थिए ।

जिया प्राय कबिता लेख्ने भएकोले उसको कबिता कहाँ छ भनेर खोज्ने क्रममा उक्त सुसाइट नोट फेला परेको र उक्त नोट जियाले नै लेखेकी जियाकी आमा राबिया खानले बताएकी छिन ।

जियाले उक्त नोटमा " जब तपाइले यो लेटर पाउनु हुनेछ त्यस बेला सम्म म जीवित हुन्न " भनेर लेखेकी थिइन । जियाले लेखेको भंनिएको उक्त नोटमा तिमीले मलाई धोका दियौ. मलाई यो नातामा पूर्ण भरोसा थियो तर तिमीलाइ यसको कुनै प्रबाह भएन भनि लेखिएको छ

तर यो जियाले लेखेको यो नोटमा कसको लागि तिमि भनेर लेखिएको भन्ने खुलेको छैन ।

समाचारमा जियाले यो लेटरमा गोवाको पार्टीको बारेमा पनि लेखेकी जनाइएको छ ।

पारिवारिक स्रोतको अनुसार जियाले नातामा ठगि( प्रेममा धोका) भएको महसुश गरि आत्महत्या गरेको हुन सक्ने छ तर जिया यसरि तनमा रहने खालको नरहेको पनि परिवाका सदस्य बताउछन ।

उक्त लेटर जियाले नै लेखेकी थिइन् त भन्ने कुराको अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । जियाले आत्महत्या गरेको भनिए पनि त्यसबेला उक्त स्थान नजिकै कुनै सुसाइड नोट फेला परेको थिएन र पछि मात्र सुसाइट नोट फेला परेको भनेपछि कहिले यो मृत्युलाइ रहस्यको दृष्टिले हेर्न थालेका छन् ।

जियाको मृत्य भन्दा दुइ दिन अगाडी उनकी आमा राबियाले सुरज( जियाको प्रेमी)लाइ आफ्नो छोरी (जिया) बाट टाढा रहन म्यासेज पठाएकि जियाकी बहिनि करिश्माले बताएकी छिन् ।

 जियाका परिवार चाहन्छन किसुरजले जियाको मृत्युको बारेमा साचो कुरा बताउन | जियाको मृत्यु भएको रात जियाको फोनमा सुरजको ६ मिसकल देखिएको करिश्माले बताएकी छिन ।

त्यसैले जियाको मृत्यु भन्दा अघि पक्कै पनि सुरज संग कुरा भएको हुनु पर्छ र यो मृत्युको बारेमा धेरै कुरा सुरजलाई थाहा हुन सक्छ . तर सुरजले आफ्नो प्रेमिकाको मृत्युको बारेमा किन केहि बोलेका छैनन यो पनि रहस्यमै छ ।

0 comments:

Post a Comment