पुर्बराजाले दिने भए बाढीपिडितलाई २५ लाख

By
Advertisement
पूर्व राजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम र मध्यपश्चिममा आएको बाढीले गर्दा निक्कै दुखि भएका छन् ।

हाल तराईको भ्रमणमा रहेका ज्ञानेन्द्र र उनकी पत्नीले सुदूरपश्चिम र मध्यपश्चिमका बाढीपीडितहरूको सहयोगार्थ २५ लाख रुपैयाँ दिने समाचार प्रकाशमा आएको छ ।


आफ्नी बुहारी शिमानी शाहले खोलेको हिमानी ट्रस्टमार्फत पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नीले उक्त सहयोग गर्ने पुर्बराजाका सहयोगी फणि पाठकले जानकारी दिएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र र उनकी पत्नीले सुदूर तथा मध्यपश्चिम क्षेत्रका बाढीपीडितको राहतको लागि हिमानी ट्रस्टमार्फत सहयोग गर्न पनि सबै सामु अपिल गरेका छन् ।

Link: ex-king-Gyanendra-announces-25-lakhs-for-flood-victim