सुप्रसिद्द बेलायति फूटबल खेलाडी डेविड बेकह्यामलाई हेर्न खोज्दा धेरै युबयुबती घाइते भएका छन् ।चीनको भ्रमणमा रहेका डेबिड बेकह्याम लाइ हेर्न चिनिया युबायुबतीहरुले तछाडमछाड गर्दा २५ जना भन्दा धेरै घाइते भएका छन ।
बेकह्याम चीनकै चर्चित फूटबल क्लब चाइना सुपरलीगका ब्रान्ड एम्बासडर रहेका छन् ।
बेकह्याम चाइना सुपरलीग फुटवल क्लवका टीमलाई भेट्न साङहाइको तानकाची विश्वविद्यालयमा पुगेका थिए ।
बेकह्यामलाइ हेर्न समर्थकहरु निक्कै ठुलो होड चलेको थियो । कडा सुरक्षा घेरा बिचका रहेका बेकह्यामको अटोग्राफ लिन खोज्न खोज्दा २५ भन्दा बढी समर्थक युबायुबतीहरु गम्भीर घाइते भएका अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन ।
link: david-beckham-visit-china
