
भारतको मध्यप्रदेश राज्यको इन्दौर अदालतले ३८ वर्षे अटो मेकानिक सोहनलाल चौहानलाई १० वर्षको जेल सजाय र १ हजार भारतीय रुपैया बराबरको जरिवाना पनि गरेको छ ।
शारीरिक र मानसिक यातना सहन नसकेपछि सन् २०१२ को १६ जुलाईमा मुसा मार्ने औषधि खाएर सोहनलालकि श्रीमतीले आत्महत्या प्रयास गरेकी थिइन् । छिमेकीले थाहा पाएर उद्दार गरि हस्पिटल लागेपछि उनको गुप्तांगमा ताल्चा लगाइएको फेला परेको थियो ।
सोहनलालले चार वर्ष अघि गाँजा खुवाएर बेहोस परेपछि गुप्तांगमा प्वाल पारी ताल्चा लगाइदिएको उनकी श्रीमतीले चिकित्सकलाई बताएकी थिइन् । श्रीमानले बिहाँ आफु काममा जादा ताल्चा लगाएर साँचो आफै लिएर जाने र राति आफु आएपछि खोल्ने गरेको गरेको पनि उनले चिकित्सकलाई बताएकी थिइन् ।
ताल्चाको कारणले गुप्तांग संक्रमित भएर हुने दुखाइलाई कम गर्न उनले श्रीमतीलाई अफिम खुवाउँथे । सोहनलालले आफ्नी श्रीमतीलाई वरिपरिका सबै पुरुष खराब नियतको छन भन्दै अरुसंग नबोल्न पनि आदेश दिएका थिए ।
चिकित्सकले सोहंलाल कुनै मानसिक रोगको सिकार भएको अनुमान गरेका थिए ।
10-Year Jail Term for Locking Wife's....
0 comments:
Post a Comment