तिन बर्ष अघि बिल्ली म्याक निल्ली नामक ती व्यक्ति हतियारसहितको फाइट खेल्दा उनको शरीरभित्र चक्कु छिरेको थियो | तर त्यस बेला एक्स रे नगरी स्वास्थ्यकर्मीहरुले टाका लगाइदिएका थिए |
उक्त घटनाको कारण निल्ली केहि समय जेल पनि बसेका थिए | जेलका गार्डले मेटल डिटेक्टरले जांच गर्दा सधैं उनको शरीरमा फलाम रहेको संकेत गर्ने गरेको पनि उनले बताएका छन् |
सन् २०१०को अप्रिल मा भएको फाइट पछि स्वास्थ्यकर्मीहरुले एक्स रे नगरी टाँका लगाइदिएको भन्दै लापरबाही गरेकोले उनले उजुरी हाल्ने तयारी पनि गरेका छन् | करिब तिन वर्ष सम्म ढाडमा चक्कु रहदा नशा सम्बन्धि समस्या पनि देखिएको उनले क्यानाडेली सञ्चारकर्मीलाई बताएका छन् |
