माटोको कचौराको मूल्य एक अर्ब ७६ करोड

By
Advertisement
अनुमान गर्नुहोस त सामान्य कचौराको मुल्य कति होला, त्यो पनि माटोले बनेको | पक्कै पनि ४ पाँच सय देखि त्यस्तै हजार पन्ध्र सय बढी मा २ वा ३ हजार | यो भन्दा बढी के होला र |


तर तपाई अचम्म मान्नु होला एउटा माटोको कचौरा २२ लाखमा बिक्रि भएको छ भन्ने सुन्दा | हो यो बास्तबिक नै हो |

अमेरिकाको न्यूयोर्कमा भर्खरै एक सेलमा चिनियाँ माटोबाट बनेको दुर्लभ कचौरा २२ लाख डलरमा(रु १,७६,००,००,००० - १ डलर = रु ८० हुँदा) बिक्रि भएको छ ।

सो कचौरा उत्तरी साङ बंशको एक हजार वर्ष पुरानो थियो | उक्त कचौरा सन् २००७ मा मात्र ३ डलरमा किनिएको थियो ।


लिलामी गर्ने कम्पनी सथबीजका अनुसार यो कचौरा एक परिवारसँग थियो, जसलाई यसको मूल्यबारे जानकारी थिएन् । न्यूनतम लिलामी मूल्य ३ लाख डलर राखिएको यो कचौरा सनबीजमा लिलामीका क्रममा चर्को होडका बीच कचौरा लण्डनको डिलर जुजपे एस्केनाजीले किनेको छ ।

0 comments:

Post a Comment