इन्टरनेटमा आज सम्मकै भयानक हमला, इमेल सेवाहरु ठप्प हुने डर

By
Advertisement
लण्डन : इन्टरनेटमा आजसम्मकै सबै भन्दा ठुलो हमला भएको छ | यसै कारणले गर्दा आज इन्टरनेटका पेजहरु ढिला खुलेका छन् | ह्याकरहरुको एक समुहले इन्टरनेटमा आक्रमण गरेकोले यो समस्या आएको बताइएको छ |

एण्टी स्पामका लागी काम गर्ने र वेवपेजहरू होस्टिङ गर्ने कम्पनीबीच बिबाद भएपछि यो आक्रमण भएको समाचार आएको छ |
तर समयमै यो आक्रमण लाइ निस्तेज पर्न सकिएन भने बैकिङ तथा इमेलको क्षेत्रमा पनि निक्कै नोक्सान पुग्ने जनाइएको छ | हाल ५ देशका साइबर प्रहरिहरु यो आक्रमणको बारेमा अनुसन्धान गरिरहेका छन् |

अहिले ह्याकरहरुले लन्डन र जेनेभामा रहेको एनजीओ स्पाम हाउस र डोमेन नेम सिस्टम सर्भरलाइ निशाना बनाएर आक्रमण गरेको बताइएको छ | यी सर्भरहरुले डोमेन नेम भएको वेबसाइटलाई इन्टरनेट प्रोटोकल एड्रेस संग जोड्ने गर्दछन अर्थात् वेवपेजहरूको नामलाई इन्टरनेटमा जोड्ने काम गर्छन ।

अप्रत्याशित भनिएको यो हमलालाइ समयमै नरोक्ने हो भने यसले ठुलै क्षति पुर्याउने छ | र इन्टरनेट मार्फत गरिने सबै कामहरु ठप्प हुने छन् |

ह्याकरहरुले जुन प्रबिधि प्रयोग गरेरआक्रमण गरेका छन् त्यो प्रविधिलाई DDOS(Distributed denial of service) भनिन्छ | आक्रमणको यो तरिकामा "टार्गेट" लाइ यति धेरै ट्राफिक पठाइन्छ कि जुन उसको क्षमता भन्दा बाहिर होस् र त्यो वेबपेज खुल्न नसकोस |

पहिला हुने यस्ता आक्रमण भन्दै यो निक्कै नै शक्तिशालि भएको बुझिएको छ |पहिला यस्तो आक्रमण हुँदा एनको गति ५० जीबी प्रति सेकेन्ड हुन्थ्यो भने अहिले ३०० जीबी प्रति सेकेन्ड छ |

एक साइबर सेक्युरिटी अधिकारीले भनेका छन् " यदि सडकसंग यसलाई तुलना गर्ने हो भने यो हमलाले यस्तो गराइदिएको छ कि सडकमा ट्राफिक जाम त छदै छ तर यताउति जानको लागि वरिपरी कुनै स्पेस बाकि छैन |


BIGGEST DDoS ATTACK IN HISTORY hammers Spamhaus, breaks record at 300 Gbps

Spamhaus Hit With 'Largest Publicly Announced DDoS Attack' Ever, Affecting Internet Users Worldwide

0 comments:

Post a Comment