
हरेक बर्ष बैशाख २ गते बोडेमा मनाइने यो जात्रामा अन्य कसैले पनि जिब्रो छेड्न चासो नदिए पछि उनले यो पटक पनि जिब्रो छेड्न लागेका हुन् | उनले यसअघि लगातार चार पटक छेडाइसकेका छन् , यो पटक जिब्रो छेड्दा उनको पाँचौ पटक हुने छ |
उनले फाइन आर्टमा स्नातकसम्म अध्ययन गरेका छन् | भक्तपुर र काठमाडौंका ७ विद्यालयमा उनि आर्ट विषयपढाउने गर्दछन् | डरले भन्दा पनि आर्थिक समस्याको कारणले अन्यले चासो नदिएको बताउछन उनि | जात्रा संचालनको लागि करिब ८० हजार जति लाग्ने उनले बताए |
जिब्रो छेड्ने ले दुई दिन तीन रातसम्म पानी मात्रै खाएर निराहार बस्नुपर्छ भने जिब्रो छेडाउनेले आफन्त र टोलछिमेकीलाई भोज खुवाउनुपर्ने परम्परा रही आएको छ | जिब्रो छेडाउने व्यक्ति बोडेका स्थानीय नेवार समुदायको हुनु पर्ने हुन्छ |
आफ्नो निजि खर्चले मात्र कोहि कसैले पनि जिब्रो छेडाउन आट्न नसक्ने उनको भनाइ छ |" जिल्ला विकास समिति र मध्यपुर नगरपालिकामा जात्रा सञ्चालनका लागि थोरै मात्र बजेट छुट्याउने गरेका छन्, सहयोग माग्दा कोहि कसैले २-४ हजर त दिन्चन तर सधै कति मागेर काम चलाउनु ?" उनि भन्छन |
एक सन्तानका बाबु जुजुभाइ सस्कृति धन्न मात्र आफुले जसो तसो गरेर भए पनि यो बर्ष जिब्रो छेड्न लागेको बताए |
Jujubhai-to-pierce-tongue-this-year
0 comments:
Post a Comment