थोरै सन्तान, धेरै उमेर

By
Advertisement
थोरै सन्तान हुनु केवल पालन पोषणको लागि सजिलो हुने मात्र होइन दम्पत्तिको आयु पनि बढ्दछ | अझ सन्तान प्रौढ अबस्थामा जन्माइएको छ भने |

पन्छिहरुमा गरिएको एक अनुसन्धान बाट यस्तो नतिजा सार्बजनिक भएको हो | बैज्ञानिकहरुले यो कुरा मानिसमा पनि लागु हुने बताएका छन् | बढ्दै गएको उमेरको लक्षणमा रहेर आधुनिक आनुवांशिक तरिकाबाट यो अध्ययन गरिएको थियो |

स्वीडेनको गोथेनबर्ग युनिभर्सिटी(Gothenburg University)मा गरिएको अनुसन्धान अनुसार पन्छीहरु आफ्नो उमेर ढल्कदै गर्दा धेरै राम्रो जिन्दगि बताइरहेका हुन्छन | जुन पन्छीहरुले कम बाचा जन्माएका थिए तिनीहरुको स्वाथ्य पनि राम्रो थियो र तिनीहरुको उमेर पनि धेरै थियो अर्थात् उनीहरु धेरै बर्ष सम्म बाँचेका थिए किनकि जसले थोरै सन्तान जन्माएका थिए उनीहरुको शरीरमा हुने टेलोमेरिस नियन्त्रित अबस्थामा रहेको थियो |

अनुसन्धानमा पत्ता लाग्यो कि टेलोमेरिस एक निश्चित लम्बाई सम्म मात्र बढ्दछ | र कोशीका बिभाजन हुदा यसको लम्बाई छोटो हुन जान्छ | उमेर बढ्दै जादा टेलोमेरिस घट्दै जान्छ र पछि यो रहन्न र क्रोमोजोमको रक्षा गर्न सक्दैन र कोशिका ( CELL) हरु मर्छन |

हुन त समान उमेरक पन्छीमा पनि टेलोमेरिस को लम्बाई फरक फरक हुन् सक्छ | यसको लम्बाई बंशानुमा निर्भर रहन्छ | टेलोमेरिसको लम्बाई कुनै जीवले कति थकान र चिन्ता भोगेको छ भन्नेमा पनि निर्भर रहन्छ |


survey-on-birds

0 comments:

Post a Comment