ढकालले भने बदनाम गराए ....

By
Advertisement
घरजग्गा खरिदका लागि लिएको ऋण नतिरेको भन्दै नेपाली आधुनिक गायनका चर्चित गायक रामकृष्ण ढकालको घर लिलामीको सुचना पत्रिकामा आएपछि रामकृष्ण ढकाल तनाबमा छन् |

आफु युरोपमा हुदा पत्रिकामा यसरि पूर्वसम्झौताविपरीत लिलामीको सुचना प्रकाशित गर्नु आफुलाई बदनाम गर्ने उदेश्य रहेको पनि उनले बताएका छन् |

बैकले सुचना निकालेपछि यूरोपको सांगीतिक यात्रामा पनि निक्कै तनाब थपिएको ढकालले बताएका छन् |

तर जति तनाब भए पनि २४ वर्षदेखिको सांगीतिक संघर्षलाई भने जारि राख्ने उनले बताएका छन् | उनले आफु हिजो सडकबाटै आएकोले संघर्ष गरिरहेने बताए |

तनाब थपिएर गीतको सुटिङ गर्न नसकेको बताउदै ढकालले सकेजति रकम तिर्दै आएको र अहिले सम्म ५० लाख जति तिरिसकेको बताए |

सवैलाई थाहै छ, कलाकारको नियमित आय हुँदैन" ढकालको भनाइ आजको कान्तिपुरमा प्रकाशित छ |

गायक ढकालले बैँकबाट लिएको करिव दुई करोड रुपैयाँ ऋण नतिरेको भन्दै बैँकले लालीगुरास बहुउद्देश्यीय सहकारी संस्थाले २१ दिने सूचना जारी गरेको थियो |


singar-Ramkrishna-dhakal

0 comments:

Post a Comment