‘हाम्रो ललितपुर, राम्रो ललितपुर’ फोटो प्रदर्शनी सम्पन्न

By
Advertisement
फागुन १२, काठमाडौं । फोटो पत्रकार अशोक दुलालको तीन दिने तस्वीर प्रदर्शनी काठमाडौंको नेपाल पर्यटन बोर्डमा सोमबारबाट सम्पन्न भएको छ । ‘हाम्रो ललितपुर, राम्रो ललितपुर’ शिर्षकका आयोजना गरिएको तस्वीर प्रर्दशनी नेपाल सरकारका अर्थमन्त्री बर्षामान पुनले उद्घाटन गरेका थिए ।

तस्वीर प्रर्दशनीमा स्थानीय राजनितिक दलका नेताहरु रामकृष्ण चित्रकार, मिठाराम शर्मा र उदयशम्सेर राणा र पोष्टबहादुर बोगटी लगायत नेताहरु पनि अवलोकन गरेका थिए ।

तस्वीर अवलोकन गरेपछि स्थानीय नेता उदयशम्सेर राणाले विकासको दृष्टिले पछि परेको ललितपुरको दक्षिण तथा उत्तरी भेगलाई मर्मस्पशी ढंगले फोटोपत्रकार अशोक दुलालले प्रस्तुत गरेको प्रतिकृया दिए ।

एमाले नेता तथा पुर्वसासंद मिठाराम शर्माले ललितपुरको यतार्थ र बदलिदो परिभेषलाई प्रर्दशनीले समेट्न सकेको प्रतिकृया दिए । पुर्वसभासद् समकृष्ण चित्रकारले ललितपुरको तस्वीर प्रर्दशनी गर्नु नै ठूलो कुरा भएको टिप्पणी गरे उनले थपे -" ललितपुरलाई सुन्दर रुपमा देखाउनु गर्व गर्न लायक काम भएको छ ।"

३ दिन सम्म चलेको उक्त तस्बिर प्रदर्शनीमा अबलोकन कर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो | यस प्रदर्शनीमा ललितपुरको ४१ गाविस र १ नगरपालिकाको सहित ६२ वटा तस्बिर राखिएको थियो | राजधानीसंगै जोडिएको भएपनि "बत्ति मुनिको अध्यारो" जस्तै भएको ललितपुरको बारेमा यो तस्बिर प्रदर्शनीले ललितपुरको भौगोलिक बनोटको बारेमा धेरै जानकारी गराएको छ |

0 comments:

Post a Comment