राष्ट्रपतिले भने "अब म्याद थप्दिन" ( बिज्ञप्ति सहित )

By
Advertisement

नवौ पटक पनि म्याद थप्दा पनि कुनै सहमति नभएकोले फेरी म्याद थप्ने कुरा गर्न गएका दलका नेताहरुलाई राष्ट्रपति रामवरण यादवले सात दिनभित्र सहमति नखोजे म्याद नथप्ने बताएका छन् |

नवौं पटक सम्म म्याद थपेर दिक्दार भएका राष्ट्रपति रामवरण यादवले राजनीतिक संकटको निकास खोज्न ७ दिनको मौखिक म्याद दिएका छन् |

आज राष्ट्रपति र विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू बिच भएको छलफलमा यस्तो बताएका हुन् |
स्रोतका अनुसार राष्ट्रपतिले चुनावमै जाने सहमति गर्न दलका नेताहरुलाई आग्रह गरेका थिए | राष्ट्रपतिले अब सात दिन भित्र पनि सहमति नभए जनता समक्ष जाने बताएका थिए |

राष्ट्रपतिले अन्तरिम संविधान २०६३ को धारा ३८ (१) अनुसार सहमतीय सरकार निर्माणका लागि गत मङ्सिर देखि आह्वान गर्दै आएका थिए । यादवले पटक पटक गरेर ९ पटक थपेको समय माघ १ गते सकिएको थियो |

हेर्नुहोस बिज्ञप्ति


0 comments:

Post a Comment