
संसार भर तहल्का मच्चाउने गरी आउदो वर्ष सन् २०१३मा विकिलिक्सले १० लाख भन्दा बढी दस्ताबेज सार्बजनिक गर्ने भएको छ | ४१ बर्षीय जुलियन असान्जेले यो घोषणा गरिसकेका छन् |
अमेरिकाको गोप्य राजनीति र रक्षा सम्बन्धि दस्ताबेज लाइ प्रकाशमा ल्याएर बिश्वमै तहल्का मच्चाएको विकिलीक्सले अगामी वर्ष सन् २०१३मा विश्वभर कै देशहरु प्रभाबित हुने गरी करिब दश लाख दस्ताबेज सार्बजनिक गर्ने निर्णय गरेको छ |
विकिलीक्सका सस्थापक जुलियन असांजेले आइतबार दक्षिण अमेरिकी मुलुक इक्वेडरको दुताबासबाट क्रिसमसको उपलक्ष्यमा शुभकामना संदेश दिदै उक्त कुरा बताएका हुन् |
दुताबास बाहिर रहेका आफ्ना समर्थहरुलाई सम्बोधन गर्दै असांजेले आगामी बर्ष (२०१३) निक्कै ब्यस्त वर्ष हुने र यस बर्समा सिरिया लगायत बिश्वका प्राय सबै देशहरु संबन्धित करिब १० लाख भन्दा बढी दस्ताबेज सार्बजनिक गर्ने बताए |
उनले भने "करिब आधाबर्ष जति बन्द कोठामा बिताउदा पनि यो वर्ष राम्रै बित्यो, अब सार्बजनिक हुने दस्ताबेजले हरेक देशलाई प्रभाबित गर्नेछन | "
अस्ट्रेलियन नागरिक तथा पूर्व कम्प्युटर ह्याकर जुलियन असांजेलाइ स्वीडेनमा बलात्कार अनि यौन उत्पीडनको आरोप लागेपछि गत जुन २०१२ देखि उनि इक्वेडर को दुताबासमा शरण लिइरहेका छन् |
उनले आफुलाई शरण दिइ अमेरिका तथा बेलायत जस्तो सक्तिशाली देशको सामना गर्ने इक्वेडरको निर्णय प्रति धन्यबाद दिएका छन् |
0 comments:
Post a Comment