इसाई धर्मावलम्बीहरूको महान पर्ब क्रिसमस मनाइदै

By
Advertisement

डिसेम्बर २५, अर्थात् क्रिसमस, इसाई धर्मावलम्बीहरूको महान् पर्व हो | विश्वभरका इसाइ धर्मावलम्वीहरुले हर्ष उल्लासका साथ यो पर्ब मनाउने गर्दछन |

आजको दिन इसाई धर्मावलम्बीहरू एकआपसमा शुभकामना आदान प्रदान गर्दै गीत तथा भजन गाउदै चर्चमा प्रार्थना गर्ने गर्दछन |


राष्ट्रपति, उपराष्ट्रपति र प्रमको तथा अन्य नेताहरुको शुभकामना

राष्ट्रपति डा रामवरण यादवले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिनुभएको छ ।

सन्देशमा राष्ट्रपति डा यादवले विश्वका सबै क्षेत्रमा बसोबास गर्ने मानव समुदायमा धार्मिक आस्थासँगै सदाचार, परोपकार तथा अरुको सेवा गरी सन्तोष प्राप्त गर्ने स्वभाव रहेको उल्लेख गर्दै सेवा र समर्पण भावले शान्ति, सद्भाव र विश्वबान्धुत्वको भावनालाई वृद्धि गर्न यस पर्वले थप योगदान पुगोस् भन्नुभएको छ ।

सन्देशमा यस पर्वले सबै नेपालीबीच बान्धुत्व र एकताको भावना बढाउने कार्यमा सहयोग पु¥याउने आशा राख्दै उहाँले शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैलाई प्रेरणा मिलोेस् भन्ने कामना गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति परमानन्द झाले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको शुभ अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले राष्ट्रिय सहमति आजको आवश्यकता हो भन्दै यस पुनीत चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै शान्ति र समृद्धिको बाटोमा दृढतापूर्वक अघि बढ्न प्रेरित गरोस् भनी कामना गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री डा बाबुराम भट्टराईले यसै पर्वको अवसरमा नेपाललगायत विश्वका विभिन्न भूभागमा बसोबास गर्ने ख्रिष्टियन समुदायका दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिनुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै उहाँले यस पर्वको छुट्टै पहिचान र विशेषता रहेको र यस दिवसले विश्वबान्धुत्व, आपसी भाइचारा र सहिष्णुता प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले यस पर्वको अवसरमा सम्पूर्ण नेपाली इसाई समुदायको सुख, शान्ति र समृद्धिको कामना पनि गर्नुभएको छ ।

यसैबीच नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले ख्रिष्टमस पर्व २०१२ तथा नयाँ वर्ष २०१३ को अवसरमा नेपालभित्र तथा विश्वभर छरिएर रहेका सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना प्रकट गर्नुभएको छ ।

सभापति कोइरालाले आज दिनुभएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी गरिनु पर्ने राष्ट्रिय कर्तव्य पूरा हुन अद्यापि बाँकी नै रहेको उल्लेख गर्नुभएको छ ।

यसैगरी नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले ख्रीष्टमस पर्वको सन्दर्भमा इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उपसभापति पौडेलले मुलुक संक्रमणकालीन राजनीतिक अवस्थाबाट गुज्रिरहेको वर्तमान सन्दर्भमा आपसी सहमति, एकता र मेलमिलापबाटै राजनीतक संकटको निकास खोजी शान्ति, संविधान र लोकतान्त्रिक संघीय गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी पुरा गर्न यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । रासस

0 comments:

Post a Comment