गत मङ्सिर १ गते मंसिर १ गते काठमाडौंको भृकुटीमण्डमा एकीकृत माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डलाई थप्पड हानेका कुँवरले धरौटी वापतको रकम तिर्न नसकेपछि उनलाई जेल चलान गरेको खबर मिडियाले प्रकाशित गरेपछि उनलाई सहयोग गर्नेहरुको ओहिरो नै लागेको थियो |
उनलाई जेलबाट छुटाउनको लागि स्वदेश तथा विदेशमा रहने धेरै व्यक्तिहरुले सहयोग स्वरुप रकम पठाइरहेको खबर बाहिर आएपछि प्रचण्ड आफैले मंगलबार बिहान आफ्नो सहयोगी मार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २८ हजार रुपैंया धरौटी तिरिदिएका थिए |
यस अघि विभिन्न अन्तर्वार्तामा प्रचण्डले थप्पड हान्ने पदम कुँवरलाइ आफुले पहिले नै माफी दिइसकेको बताएका थिए |
पदम कुँवर जेलबाट छुट्ने बित्तिकै उनका समर्थकले अबिर र माला लगाइदिनुका साथै उनको समर्थनमा केहि बेर नाराबाजी समेत गरेका थिए |
उता प्रचण्डले धरौटी तिरेकोमा कुँवर परिवारले भने असन्तुष्टि व्यक्त गरेका छन् | कुँवरलाइ छुटाउनको लागि स्वदेश तथा बिदेशबाट आएको रकम तिर्न खोज्दा प्रहरीले रोकेको र प्रचण्डले रकम दिनु पर्ने आबस्यकता नभएको भन्दै पदमका भिनाजुले असंतुषित व्यक्त गरेका छन् |
उता पदम कुँवरले आफुले प्रचण्डलाई झापड हानेको नै होइन भन्दै छन्," मैले झापड हानेको भए अंगभंग हुने गरि हान्थे हतियार लिएर आउथें " उनको तर्क थियो | जेलबाट छुटेपछि पदम कुँवरले के के भने त भिडियो मा हेर्नुहोस
तस्बिर/ भिडियो : डिसी नेपाल
0 comments:
Post a Comment